काठमाण्डौ । आज बसेको मन्त्रिपरिषदको बैठकले वैशाख मसान्तसम्म सहरी क्षेत्रका शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय छ। जसका अनुसार सरकारले देशका ४० स्थानीय तहका विद्यालय, कलेजलगायत शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। 

सरकारको निर्णयअनुसार काठमाण्डौ उपत्यका (काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्ला) का सबै महाहानरपालिका र नगरपालिकाका शिक्षण संस्थाहरु बन्द हुने भएका छन् । तर ललितपुरको कोन्ज्योसोम, बागमती र महाँकाल गाउँपालिकाका शिक्षणसंस्थाहरु भने खुला नै रहने भएका छन्। 

उपत्यकाबाहिर पोखरा, भरतपुर, वीरगन्ज र विराटनगर महानगरपालिकाका शिक्षण संस्थाहरु पनि बन्द हुने भएका छन्। त्यस्तै हेटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, जनकपुर, धरान र इटहरी उपमहानगरपालिकामा शिक्षण संस्थाहरु बन्द हुनेछन्।

झापाको मेचीनगर, बिर्तामोड र दमक, सप्तरीको राजविराज, काभ्रेको बनेपा र धुलिखेल, रुपन्देहीको सिद्धार्थनगर, सुर्खेतको वीरेन्द्रनगर र कञ्चनपुरको भीमदत्तनगर नगरपालिकामा पनि शैक्षिक संस्था बन्द हुनेछ। 

यी सबै स्थानीय तहका शिक्षण संस्थाहरुमा अब वैकल्पिक माध्यमबाट पठनपाठन गराउन सरकारले निर्देशन दिएको छ।