काठमाण्डौ । जब आफूसँग पैसाको अभाव हुुन्छ, अर्थात नगदको समस्या उत्पन्न हुुन्छ, तब यस्तो समयमा क्रेडिट कार्डले अहम भूमिका खेल्ने गर्दछ ।

तथापि क्रेडिट कार्ड प्रयोग गरेबापत यसका प्रयोगकर्ताले उच्च ब्याजदर पनि तिर्नुु पर्दछ । संकटको बेलामा क्रेडिट कार्ड सबैभन्दा भरपर्दाे र विश्वासिलो साथी साबित हुुने गर्दछ । तर, यदि यसको सही प्रयोग गरिएन भने यसले क्रेडिट स्कोरलाई प्रभाव पार्नुुका साथै ऋणको जालोमा धकेल्ने गर्दछ ।

यहीकारण विज्ञहरुले क्रेडिट कार्ड प्रयोग गर्दा सावधानी अपनाउन चेतावनी दिने गर्दछन् । यो चेतावनी ती मानिसहरुका लागि सबैभन्दा धेरै काम लाग्ने गर्दछ,जो आफ्नो आर्थिक अवस्थाको बारेमा सजक हुुने गर्दैनन् र जोसंग पैसाको व्यवस्थापन गर्ने कौशल हुँदैन । यस्ता मानिसहरु सजिलैसँग ऋणको दलदलमा फस्ने गर्दछन् । त्यसैले हामी तपाईलाई केही यस्ता व्यक्तिहरुको बारेमा बताउँदैछौ, जसले क्रेडिट कार्ड प्रयोग गर्नबाट बच्नुु पर्दछ । 

१.उक्साहटमा र उत्साहमा बहकिएर किनमेल गर्ने व्यक्ति 
उक्साहट र उत्साहमा बहकिएर किनमेल गर्ने व्यक्तिहरु फजुुल र अनावश्यक खर्च गर्ने गर्दछन् । उनीहरुको खर्च गर्ने प्याटर्नका कारण आफ्नो कार्डको सीमा पार गर्ने गर्दछन् । यस्तो बानी उनीहरुका लागि राम्रो मानिँदैन । किनकि बैंकहरुले यस्ता व्यक्तिहरुलाई ऋणको भोको भएको सम्झन्छन र उनीहरुको क्रेडिट स्कोर कमजोर बन्न पुुग्दछ । जब भविष्यमा यस्ता व्यक्तिहरुले कुुनै पनि प्रकारको क्रेडिट कार्डका लागि आवेदन दिंदा त्यो अस्वीकार हुुने सम्भावना एकदमै उच्च हुुने गर्दछ । 

२.विलम्ब गरी बिल भुुक्तानी गर्ने व्यक्ति
समयमै आफ्नो बिलको भुुक्तान नगर्ने र सबैभन्दा ढिलो भुुक्तान गर्ने व्यक्तिहरुलाई अनुुशासनहीन र गैरजिम्मेवार ढंगले बिल भुुक्तान गर्ने व्यक्ति मानिन्छ । त्यसैले भुुक्तानको समयसीमा समाप्त भइसकेपछि क्रेडिट कार्ड राख्नु उनीहरुका लागि जोखिमपूर्ण कार्य हुुन सक्छ । क्रेडिट कार्ड भुुक्तान ढिलो गरी गर्दा जरीवानाका साथै उच्च ब्याजदर तिर्नुुपर्ने हुुन्छ । यसले कुुनै पनि क्रेडिट रिपोर्टलाई बिगार्न सक्छ । त्यसैले यदि तपाइलाई आफूले समयमै बिल भुुक्तानी गर्नसक्दैन जस्तो लाग्छ भने क्रेडिट कार्य प्रयोग गर्नबाट बच्नुु पर्दछ । 

३.दैनिक खर्च गर्ने व्यक्ति 
जुुन व्यक्ति आफ्नो दैनिक खर्चका लागि क्रेडिट कार्डको प्रयोग गर्ने गर्दछन्, उनीहरु ऋणको जालोमा फस्ने गर्दछन् र यो सिलसिला चलिनै रहन्छ । त्यसैले यस्ता व्यक्तिहरुले पनि क्रेडिट कार्ड प्रयोग गर्नबाट आफूलाई टाढै राख्नुु पर्दछ । 

४.बिरलै कार्ड प्रयोग गर्ने व्यक्ति 
केही व्यक्तिहरु यस्ता पनि हुुने गर्दछन् जसले एकभन्दा धेरै कार्डहरु प्रयोग गर्ने गर्दछन् । तर उनीहरु बिरलै मात्रै क्रेडिट कार्डको प्रयोग गर्ने गर्दछन् । क्रेडिट काडको अत्यधिक प्रयोगले क्रेडिट स्कोरमा असर पारे जस्तै यसको कम प्रयोगले पनि यसको उद्देश्य र औचित्यलाई समाप्त गर्ने काम गर्दछ । यदि क्रेडिट कार्ड हुँदा  समेत यसको उपयोग हुँदैन भने क्रेडिट कार्डधारीले यसको उचित प्रयोग गरेको ठहरिदैन ।