काठमाण्डौ । युनाईटेड फाइनान्स लिमिटेडको छब्बिसौ वार्षिक साधारण सभा आज बुधबार युनाईटेड फाइनान्स लिमिटेडको सभाकक्ष दरवारमार्ग काठमाण्डौमा बिहान ११ः३० बजेदेखि जुममार्फत् भिडियो काफरेन्सिङद्धारा सम्पन्न भएको छ ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष बसन्तकुमार चौधरीले जुममार्फत नै अध्यक्षतागर्नु भएको उक्त कार्यक्रममा सञ्चालकहरु विष्णु कुमार अग्रवाल, बेनीगोपाल मुन्दडा, मनिष खेमका, के.आर.बिजिमोन, रोशन अधिकारी, प्रभा पाण्डे साथै प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रलगायत संस्थाका उच्च पदस्थ अधिकारीहरु, लेखापरीक्षकहरु, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायबाट आएका अतिथिहरुको उपस्थिति रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजयकुमार मिश्रले दिएको जानकारी अनुसार उक्त साधारण सभामा संस्थाको चुक्तापुँजीको करिब ८१ प्रतिशत प्रतिनिधित्व हुने गरी सेयरधनीहरुको प्रोक्शीमार्फत, भौतिक तथा भर्चुअल उपस्थिति रहेको थियो ।
उक्त साधारण सभाले आ.ब. २०७६-७७को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,संस्थाको लेखापरीक्षण प्रतिवेदन सहितको आ.व.२०७६-७७को वार्षिक वित्तियविवरणहरु पारित गरेको छ । संस्थाले आ.व. २०७७÷७८ को लेखापरीक्षण गर्नको लागि संस्थाको लेखा समितिबाट सिफारिस गरिए बमोजिम लेखापरीक्षक आएएआर एसोसिएटलाई पुन नियुक्ती गरेको छ । सभामा सेयरधनीहरुले उठाएका विभिन्न जिज्ञासा तथा सुझावहरुका सम्बन्धमा सञ्चालक समितका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले जवाफ दिए ।
25 minutes ago
35 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago
14 hours ago
14 hours ago
14 hours ago