काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। 

कम्पनीको गत असोज २२ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै कम्पनीका सेयरधनीहरुको हात खालि हुनेछ।

बैठकले अघिल्लो आर्थिक वर्षको बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरणसम्बन्धी निर्देशनबमोजिमको वित्तीय विवरणहरु तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डबमोजिमको वित्तीय विवरणहरु पारित गरी बीमा समितिको स्वीकृतिका लागि पेस गर्ने निर्णय पनि गरेको छ।