काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ आगामी साताको आइतबार साँझ ४ बजे बाँडफाँड हुने भएको छ । 

युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलका सीइओ पारसमणि ढकालले आगामी आइतबार साँझ ४ बजे बाँडफाँड कार्यक्रम तय गरिएकोे जानकारी दिएका हुन् । 

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओमा करिब साढे ५ लाख आवेदन परेको छ । 

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटले युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओमा दिएको अन्तिम तथ्यांक अनुसार ५ लाख ६१ हजार २६३ आवेदकले ९४ लाख ९८ हजार ४०० कित्ताका लागि आवेदन दिएको जनाएको छ ।