काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ४०.९५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले सञ्चालन मुनाफाबापत ३ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो मुनाफा ५ करोड ९१ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म कम्पनीले १६ कराड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्ता आम्दानी १७ करोड ८० लाख रुपैयाँ रहेको थियो।

कम्पनीले समीक्षा अवधिमा ७ अर्ब ६० करोड निक्षेप संकलन गरी ५ अर्ब ३३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६ अर्ब ९० करोड निक्षेप संकलन गरी ५ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको रिजर्भको आकार २१.४० प्रतिशतले बढेर ३१ करोड ७९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा २६ करोड १९ लाख रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४.६७ रुपैयाँ रहेको छ। पीई रेसियो ७४.९५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५६.३२ रुपैयाँ रहेको छ।