काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो नाफा गत वर्षको तुलनामा १९४.५६ प्रतिशतले बढी हो।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ४८.११ प्रतिशतले बढेर १४ करोड ९० लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १० करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ५ करोड ३५ लाख रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा रिजर्भ २ करोड ७३ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
कम्पनीको ईपीएस १६.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.५७ रुपैयाँ र पीई रेसियो ५६.५६ रुपैयाँ रहेको छ।
3 hours ago
3 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago