काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावल लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो (मंसिर ७गते) बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
सोही बैठकले आफ्नो १३ औँ वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।
सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago