काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बिहीबार (जेठ २५ गते) बाँडफाँड गरिने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँडको कार्यक्रम राखिएको छ। बिहान ९ बजे एफपीओ बाँडफाँड कार्यक्रम राखिएको क्यापिटलले जनाएको छ।
युनिक नेपाल लघुवित्तले गत जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गरेको थियो।
निष्कासनको अन्तिम दिन साँझसम्म यो एफपीओमा १४ लाख ४ हजार ७ आवेदकबाट १ करोड ६३ लाख ३ हजार २० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ४२.९६ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ३७ हजार ९४२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
8 hours ago
19 hours ago
19 hours ago
20 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago