काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा १५.१४ प्रतिशतले उकालो लागेको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ८९ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनी नाफा ७७ लाख ८८ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १.२२ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ५ करोड ३९ लाख रुपैयाँ रहेकोमा यो वर्ष बढेर ५ करोड ४५ लाख रुपैयाँ भएको छ।
समीक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ७ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ ८ करोड ६७ लाख रुपैयाँले ऋणात्मक नै थियो।
चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २.३९ रुपैयाँ र पीई रेसियो ५४.८१ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ भने ९०.१० रुपैयाँ रहेको छ।
4 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago