काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारमा नियुक्त भएको छ। 

सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। २०७८ साउन १ गतेदेखि लागू हुने गरी युनियन लाइफ इन्स्योरेन्सले २ वर्षका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो।

युनियन लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्नेलगायतका कार्य सेयर रजिस्ट्रार प्रभु क्यापिटलले गर्नेछ।