काठमाण्डौ । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट फोहोर र प्लास्टिकको सरसफाइ र हटाउने ‘सफा हिमाल अभियान २०२३’ सम्पन्न भएको छ।
यस वर्षको अभियानले यी हिमालहरुबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो। जुन लक्ष्य हालै पूरा भएको छ।
यस अभियानमार्फत हिमालहरुबाट ३५ हजार ७०८ केजी फोहोर संकलन गरिएको थियो। स्थानीय र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा–ल्होत्से क्षेत्रबाट १३ हजार ६२१ किलो फोहोर र प्लास्टिक संकलन गर्न सफल भएको थियो भने अन्नपूर्णबाट ३ हजार ५६७ किलो र बरुञ्चेबाट १८ हजार ५२० केजी गरी जम्मा ३५ हजार ७०८ केजी फोहोर यी क्षेत्रबाट हटाइयो।
यस कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको र नेपाली सेनासँगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र दिगोपनका यी स्थायित्व पहलहरुमा धेरै अन्य समर्थकहरुका साथमा चेतना जगाउन पाउँदा कम्पनीले सम्मानित महसुस गरेको बताए।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्वपूर्ण चुचुराहरुको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यी अभियानहरुद्वारा बढावा दिएको छ। वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरुलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास रहेको छ।
9 hours ago
20 hours ago
20 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago