काठमाण्डौ । युनिलिभर नेपालको २९ औँ वार्षिक साधारणसभा (एजीएम) बाट आर्थिक वर्ष २०७८–७९को नगद लाभांश अनुमोदन भएको छ।
काठमाण्डौको बानेश्वरस्थित एभरेस्ट होटेलमा मंसिर २० गते सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश अनुमोदन गरेको हो।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत मंसिर ४ गते बुक क्लोज गरेको थियो । यसको अर्थ मंसिर ३ गतेसम्म कायम रहेका सेयरधनीहरुले नगद लाभांश पाउनेछन्।
वार्षिक साधारणसभाबाट स्वीकृत भएको लाभांश सेयरधनीहरुले ४५ दिनभित्र पाउने कम्पनीले जनाएको छ।
4 minutes ago
36 minutes ago
47 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago