काठमाण्डौ । युरोपियन युनियन (ईयू)ले सोसल मिडिया प्लेटफर्म चलाउने कम्पनी मेटालाई १.३ अर्ब डलर जरिवाना लगाएको छ।
कम्पनीले प्रयोगकर्ताको डाटा अमेरिका पठाउने गरेको आरोप ईयूले लगाएको छ। युरोपमा डाटा गोपनीयतासम्बन्धी कडा कानुन लागू गरेपछि ईयूले कुनै कम्पनीलाई लगाएको यो अहिलेसम्मकै ठूलो जरिवाना हो।
यसअघि अमेजनलाई डाटा सुरक्षा नियम उल्लंघन गरेकोमा ८६ करोड ५ लाख डलर जरिवाना गरिएको थियो।
आयरिस डाटा प्रोटेक्सन कमिसनले मेटालाई प्रयोगकर्ताको व्यक्तिगत डाटा अमेरिकामा पठाउन बन्द गर्न ५ महिनाको समय पनि दिएको छ। यससँगै कम्पनीलाई अमेरिकामा स्टोर प्रयोगकर्ताको व्यक्तिगत डाटाका बारेमा पनि समाधान खोज्न भनिएको छ।
मेटाले पहिले युरोपमा प्रयोगकर्ताको सेवा बन्द गर्ने चेतावनी दिएको थियो। तर, कम्पनीले युरोपमा कम्पनीको सेवा भने जारी रहेको स्पष्ट गरेको छ।
जरिवानाको बारेमा टिप्पणी गर्दै मेटाका ग्लोबल अफेयर्स प्रमुख निक क्लेगले ईयूको यो निर्णय त्रुटिपूर्ण र अन्यायपूर्ण रहेको बताएका छन्। ‘यसले युरोप र अमेरिकाबीच डाटा पठाउने अन्य कम्पनीका लागि खतरनाक नजिर पेस गरेको छ’, उनले भने। –एजेन्सी
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago