काठमाण्डौ । युरोपेली सेयर बजार बुधबार उकालो लागेको छ।
बेलायतको मुद्रास्फीति दर सोचेभन्दा कम भएपछि युरोपेली सेयर बजारमा बढोत्तरी आएको हो। यो समाचार पार्दासम्म जर्मनको ड्याक्स, फ्रान्सको क्याक, इटालीको फुट्सी मिब र बेलायतको फुट्सी १०० मा बढोत्तरीका साथ कारोबार भइरहेको छ।
आज एसियाली बजारमा मिश्रित प्रभाव परेको छ। दक्षिण कोरियाको कोस्पीबाहेक अन्य सबै बजारमा गिरावट आएको छ। भारतको सेन्सेक्स पनि करिब ८०० अंकले घटेर ६६ हजार ८०० मा बन्द भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन र तेलको भाउमा भने सामान्य गिरावट आएको छ। बिटक्वाइन, लिथेरियमलगायत सबैजसो क्रिप्टोकरेन्सीको भाउमा सामान्य गिरावट आइरहेको छ।
19 minutes ago
1 hour ago
32 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago