काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडले करिब ३ दर्जन कर्मचारी मागेको छ ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै यो बिमा कम्पनीले क्षेत्रीय प्रबन्धक(रिजनल म्यानेजर)देखि असिस्टेन्टसम्मको पदमा ३४ कर्मचारी मागेको हो । 

सबैभन्दा बढी असिस्टेन्ट पदमा २० कर्मचारी मागिएको छ । 

कम्पनीले जनकपुर, वीरगञ्ज, काठमाण्डौ, पोखरा, भैरहवा, बुटवल, धनगढी र सुर्खेतका लागि ६ क्षेत्रीय प्रबन्धक मागेको छ । यस्तै, रिइन्स्योरेन्स, कम्पल्यान्स र ह्यूमान रिसोर्स डिपार्टमेन्टमा काम गर्ने गरी ३ जना डिमार्टमेन्ट हेड, अकाउण्ट्स, अण्डरराइटिङ र एडमिनिस्ट्रिेसन डिपार्टमेन्टका लागि ५ जना अफिसर तथा जुनियर अफिसर पनि मागिएको छ । यस्तै, अण्डरराइटिङ, क्लेम र मार्केटिङ डिपार्टमेन्टका लागि २० जना असिस्टेन्ट मागिएको छ ।

स्नातकोत्तरसम्मको अध्ययन पूरा गरी व्यवस्थापकीय पदमा २ वर्ष काम गरेको अनुुभवप्राप्त व्यक्तिले रिजनल म्यानेजर र डिपार्टमेन्ट्स हेडमा, स्नातकसम्मको अध्ययन पूरा गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कामको अनुुभव भएकोले जुनियर अफिसर तथा अफिसर पदमा आवेदन दिनसक्ने बताइएको छ । 

असिस्टेन्ट पदमा भने जुनसुकै बिषयमा स्नातक सकेको फ्रेस जनशक्तिले आवेदन दिन पाउने बताइएको छ । तर, त्यस्ता आवेदकको उमेर २५ वर्ष माथि हुनुहुँदैन । 

कम्पनीले प्रकाशित गरेको आवश्यकता सम्बन्धी सूचना यस्तो छ :