काठमाण्डौ । के.एल. दुगड ग्रुपअन्तर्गतको संस्था यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले इन्टरनेशनल सर्टिफिकेसन सर्भिसेज प्रालि(आइसिएस)बाट आइएसओ ९००१ : २०१५(क्वालिटी म्यानेजमेन्ट सिस्टम) तथा आइएसओ १४००१ः२०१५(इन्भारोमेन्टल म्यानेजमेन्ट सिस्टम)को प्रमाणपत्र पाएको छ । 

अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएको र वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको अर्थमा सो प्रमाणपत्रहरु उद्योगलाई प्रदान गरिएको बताइएको छ ।

गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको यूनाइटेड सिमेन्ट्सको आफ्नै चुनढुङ्गा खानी ललितपूरको लेलेमा अवस्थित छ भने फ्याक्ट्री नौबिसेमा रहेको छ । 

यूनाइटेड सिमेन्ट्सले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पनि पूरा गरी गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जनाएको छ ।