काठमाण्डौ । नयाँवर्ष २०७४ सालको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई शुभकामना दिने उद्देश्यले यूनाइटेड सिमेन्ट्सले रथारोहण कार्यक्रम आयोजना गरेको छ ।

नयाँवर्ष २०७४ को शुभकामना सन्देश लेखी विशेष रुपमा फुलमालाले सजाइएको रथमा यूनाइटेड सिमेन्ट्सलाई आरोहण गराएर बाजागाजा र हर्ष उल्लासका साथ नगर परिक्रमा गराइएको थियो।

बसन्तपुरबाट सुरु भएर नगर परिक्रमा गरी जाउलाखेल पुगी समापन भएको उक्त कार्यक्रममा उपस्थित सबै सहभागीहरुमा नयाँवर्षको शुभकामना कार्डसहित शुभकामना अदान–प्रदान गरिएको थियो ।

यस्तो किसिमको शुभकामना सन्देशमुलक रथारोहण कार्यक्रम प्रथम पटक यूनाइटेड सिमेन्ट्सले नै आयोजना गरेको र यो कार्यक्रमले युनाइटेड सिमेन्ट्स प्रति उपभोत्ताको मनमा सकारात्मक छाप छोड्ने दाबी कम्पनीले गरेको छ ।

बेजोड गुणस्तरको ओ.पि.सी. सिमेन्ट उपभोक्ता माझ वितरण गर्दे आएको यूनाइटेड सिमेन्ट्सले छोटो समयमा नै आफ्ना ग्राहकको मन जित्न सफल भएको छ ।

ललितपुरको लेलेमा आफ्नै चुनढुंगा खानी र धादिङ्गको नौबिसेमा उद्योग रहेको यूनाइटेड सिमेन्टसले निरन्तर रुपमा आफ्ना ग्राहकमाझ गुणस्तरी सिमेन्ट वितरण गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।