काठमाण्डौ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएको देखिएको छ। 

नेपाल राष्ट्र बैंकले घरजग्गाको मुद्रास्फीति मापन गरी सार्वजनिक गरेको सर्वेक्षण नतिजाले यस्तो देखाएको छ। चालु आर्थिक वर्षको नौ महिनामा घरजग्गो मुद्रास्फीति केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको छ। 

सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरुबाट प्राप्त तथ्यांकका आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको थियो। मालपोत कार्यलयबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको थियो। 

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा भने यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ। घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरिएको हो।

मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८,९२० सर्वेक्षण संख्यामध्ये २,०९६ र जग्गातर्पm ८१,९५६ मध्ये ८,२४० वटा गरी कुल १०,३३६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो। 

यसैगरी वाणिज्य बैंकबाट प्राप्त तथ्याङ्कमध्ये घरजग्गा र जग्गातर्पm क्रमशः १,३३२ र १,१४४ गरी कुल २,४७६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो।

घरजग्गा मूल्य सूचकांक निर्माणको लागि भारांक निर्धारण गर्ने सम्बन्धमा २०७५÷७६ को घरजग्गा रजिष्ट्रेशनको कुल कारोबार संख्यालाई आधार मानी भार निर्धारण गरिएको छ। उक्त भारांकलाई जिल्लागत, प्रदेशगत एवम्राष्ट्रियस्तरमा समेत निर्धारण गरिएको छ।

राष्ट्रियस्तरमा जग्गा मात्रको भारांक ७६.६७ प्रतिशत र घरजग्गाको भारांक २३.३३ प्रतिशत रहेको पाइएको छ।