काठमाण्डौ । हरेक वर्ष लाखौँ मानिस राम्रो शिक्षा र रोजगारीका लागि विदेश जान्छन्। तर, पछिल्लो समय देश छोडेर विदेश पलायन हुने धनाढ्यको संख्या पनि बढ्दै गएको पाइएको छ।
हालै सार्वजनिक हेन्ले प्राइभेट वेल्थ माइग्रेसन रिपोर्ट–२०२३ अनुसार धनाढ्य विदेश पलायन हुने देशको सूचीमा चीन पहिलो स्थानमा रहेको छ। विश्वभर धन र लगानीको बसाइ सराइको अनुगमन गर्ने हेन्लेको प्रतिवेदनले आफ्नो देश छाडेर अन्य देशमा घर बनाउनेमा सबैभन्दा बढी चीनबाट यो वर्ष १३ हजार ५०० धनाढ्य हुने अनुमान गरेको छ। जब कि गत वर्ष १० हजार ८०० धनाढ्यले चीन छाडेर अन्य देशमा बसोबास गरेका थिए।
यो सूचीको दोस्रो स्थानमा भारत रहेको छ। भारतबाट यो वर्ष ६ हजार ५०० धनाढ्य विदेश पालयन हुन सक्ने अनुमान गरिएको छ। गत वर्ष यो संख्या साढे ७ हजार रहेको थिो।
बेलायत तेस्रो स्थानमा छ। बेलायतबाट यो वर्ष ३ हजार २०० करोडपतिले देश छोड्ने अनुमान गरिएको छ। योसँगै रुसबाट ३ हजार हाई नेटवर्थ व्यक्ति अन्य देशमा जाने अपेक्षा गरिएको छ। रुस चौथो नम्बरमा छन्।
विज्ञहरुले भने करोडपतिहरुले देश छोड्नु ठूलो चिन्ताको विषय नभएको बताएका छन्। किनकि सन् २०३१ सम्म विश्वभर करोडपतिको जनसंख्या करिब ८० प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ।
अस्ट्रेलिया, दुबई र सिंगापुरजस्ता देश विश्वभरका धनीहरुले सबैभन्दा बढी मन पराइरहेका छन्। किनकि करसम्बन्धी नियम लचिलो भएका देशमा धनीहरु जान रुचाउँछन्।
प्रतिवेदनका अनुसार गत वर्षको तुलनामा बेलायत, रुस, ब्राजिल, हङकङ, दक्षिण कोरिया, मेक्सिको, दक्षिण अफ्रिका, जापान, भियतनाम र नाइजेरियाबाट धेरै धनी मानिस बसाइ सर्ने छन्। गत वर्षको तुलनामा यो वर्ष अस्ट्रेलिया, यूएई, सिंगापुर, अमेरिका, स्विट्जरल्यान्ड, क्यानडा, ग्रीस, फ्रान्स, पोर्चुगल, न्युजिल्यान्ड र इटालीमा बढी विदेशी धनीले बसोबास गर्न सक्नेछन्। –एजेन्सी
48 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago