काठमाण्डौ । यो साता पनि जलविद्युत कम्पनीहरुका लगानीकर्ता मालामाल भएका छन्। अघिल्लो साता पनि जलविद्युत कम्पनीहरुका लगानीकर्ताले एक सातामै उच्च रिटर्न पाएका थिए।
यो साता एसियन हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३० प्रतिशतसम्म कमाएका छन् । दोस्रोमा हिमालयन लघुवित्त कम्पनीका लगानीकर्ताले करिब २० प्रतिशत रिटर्न पाएका छन्।
यसैगरी यो साता लगानीकर्ताहरुले मन्दाकिनी जलविद्युत कम्पनीबाट १७ प्रतिशत, मोलुङ जलविद्युत कम्पनीबाट १५ प्रतिशत र अपर सोलु हाइड्रो इलेक्ट्रिसिटीबाट १४ प्रतिशत कमाएका छन्।
त्यसैगरी विन्ध्वासिनी हाइड्रोपावर कम्पनीबाट १३ प्रतिशत, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथबाट १३ प्रतिशत, मन्छियाम हाइड्रोपावरबाट १२ प्रतिशत, सामलिङ पावरबाट १२.४० प्रतिशत र अपर हेवा खोला जलविद्युतबाट ११ प्रतिशत मुनाफा आर्जन गरेका छन्।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago