काठमाण्डौ । नेपाली बजारमा यो साता लगातार ५ दिन सुनको भाउ उकालो लागेको छ। 

साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको भाउ लगातार ५ दिन बढेको हो। यो साताभरि सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेको छ। 

आज प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। आज पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। 

गत शुक्रबार प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ पनि यो साताभरि ३० रुपैयाँले बढेको छ। आज स्थिर रहँदै चाँदीको भाउ तोलाको १ हजार २८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।