काठमाण्डौ । यो साता अमेरिकी डलरको विनिमय दरमा निकै उतारचढाव देखिएको छ। उतारचढावकै बीच आज शनिबार फेरि डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शनिबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ ५५ पैसाले बढेको हो। यो बढोत्तरीसँगै प्रतिडलर खरिददर १२१.२३ रुपैयाँ र बिक्रीददर १२१.८३ रुपैयाँ पुगेको छ।
हिजो शुक्रबार प्रतिडलर खरिददर १२०.६८ रुपैयाँ र बिक्रीदर १२१.२८ रुपैयाँ रहेको थियो। हिजो डलरको बिहीबारको तुलनामा भाउ ३० पैसाले घटेको थियो।
डलरको भाउले गत अप्रिल २२ मा नेपालकै इतिहासमा सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ रहेको थियो।
6 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago