काठमाण्डौ । यो साता सेयर बजारमा सेक्टरवाइज हेर्दा निर्जीवन बीमा समूहका लगानीकर्ताले उच्च नाफा कमाएका छन्।
यो साता सबैभन्दा बढी कमाउनेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ता छन्। यो कम्पनीको सेयरभाउ करिब २८ प्रतिशतले बढेको छ।
दोस्रोमा शुभम पावरका लगानीकर्ताले धेरै कमाएका छन्। यो कम्पनीको सेयरभाउ करिब २२ प्रतिशतले बढेको छ।
धेरै कमाउनेको सूचीको तेस्रो र चौथोमा क्रमशः मकर जितुमाया जलविद्युतका लगानीकर्ता र प्रभु इन्स्योरेन्सका लगानीकर्ता छन्। मकर जितुमायाको सेयरभाउ २० प्रतिशत बढीले र प्रभु इन्स्योरेन्सका सेयरभाउ करिब २० प्रतिशतले बढेको छ।
लगानीकर्तालाई उच्च रिटर्न दिने सूचीको पाँचौँ स्थानमा रिभर फल्स पवारको छ। यो कम्पनीको सेयरभाउ १८.७३ प्रतिशतले बढेको छ।
यसैगरी राष्ट्रिय बीमा कम्पनी, सोल्टी होटेल, बीपीडब्लू लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सका सेयरधनीहरुले कमाएका छन्। यी कम्पनीको सेयरभाउ क्रमशः १७.७४ प्रतिशत, १७.५३ प्रतिशत, १७ प्रतिशत, १६.४४ प्रतिशत र १६.२८ प्रतिशतले बढेका छन्।
यो साता सेक्टर रोटेसनलाई हेर्दा अघिल्लो साता पहिलो नम्बरमा परेको होटेल तथा पर्यटन समूह तेस्रो नम्बरमा पुगेको छ। पहिलो नम्बरमा निर्जीवन बीमा समूह आएको छ।
दोस्रोमा कारोबार समूह परेको छ। चौथोमा उत्पादन तथा प्रशोधन र पाँचौँमा लघुवित्त समूह परेका छ।
लगानी, जलविद्युत, जीवन बीमा, वित्त र विकास बैंक क्रमशः छैटौँदेखि दसौँ स्थानमा रहेका छन्।
बजारमा आगामी साता पनि निर्जीवन बीमा, होटेल तथा पर्यटन र जलविद्युत समूह अगाडि आउन सक्छन्।
33 minutes ago
56 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago