काठमाण्डौ । यो साता दोस्रो बजारमा जलविद्युत समूहका लगानीकर्ता मालामाल भएका छन्।
जलविद्युत समूहको एउटै कम्पनीबाट लगानीकर्ताले ४३ प्रतिशतसम्म आम्दानी गरेका छन्। थ्रीस्टार हाइड्रो कम्पनीका लगानीकर्ताले यो साता ४३ प्रतिशत आम्दानी गरेका हुन्।
त्यसैगरी दोस्रोमा शुभम पावरका लगानीकर्ताले १७ प्रतिशत कमाएका छन्। तेस्रो उच्च रिर्टन दिनेमा बाराही हाइड्रोपावर रहेको छ। यो कम्पनीका लगानीकर्ताले पनि करिब १७ प्रतिशत नै कमाएका छन्।
यसैगरी चौथामा पञ्चकन्या माई हाइड्रोका लगानीकर्ता छन्। यो कम्पनीबाट लगानीकर्ताले यो १५ प्रतिशत कमाएका छन्।
पाँचौँमा बुद्धभूमि हाइड्रो कम्पनीका लगानीकर्ताले पनि करिब १५ प्रतिशत कमाए छन्। छैटौँमा अरुण भ्याली हाइड्रोपावरका लागनीकर्ताले १४.८३ प्रतिशत, सातौँमा मेन्छियाम जलद्यिुत् कम्पनीका लगानीकर्ताले १४.१० प्रतिशत र आठौँमा अरुण काबेलीका लगानीकर्ताले १४.०६ प्रतिशत कमाए छन्।
यसैगरी उच्च रिटर्न दिने कम्पनीको सूचीमा नवौँ र दसौैँमा क्रमशः बलेफी हाइड्रो र मन्दाकिनी हाइड्रो छन्। यी कम्पनीबाट लगानीकर्ताले १३.७५ र १३.४९ प्रतिशत रिटर्न पाएका छन्।
15 minutes ago
1 hour ago
28 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago