– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने २ दिन घटेको छ।
अघिल्लो साता सेयर बजारमा १८४७.७ मा बन्द भएको बजार यो साता १८५२.०८ मा बजार बन्द भएको। यस हिसाबले बजारमा यो साता ४.३८ अंकको सुधार आएको छ।
यो साता बजारमा ४ अर्ब ५२ करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता ३ अर्ब ७८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। यस हिसाबले बजारमा कारोबार र सूचक दुवै बढेको छ।
यो साता बजार पुँजीकरण २८ खर्ब ५३ अब रुपैयाँ रह्यो। बजार पुँजीकरण अघिल्लो साता २८ खर्ब ४६ अर्ब रहेको थियो। बजार पुँजीकरण पनि यो साता बढेको छ।
क्यान्डल स्टिकका आधारमा
यो साता नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी’ आकार बनेको छ। अघिल्लो साता बियरिस मारुबुजु क्यान्डल बनेको थियो। सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भई लामो तल्लो धागो देखाएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ। यस्तो मैनबत्ती अंग्रेजीको ‘टी’ आकारको हुन्छ। बियरिस मारुबुजु क्यान्डलपछि बनेको यस्तो आकृतिले बजार बुलिस जाने संकेत गर्छ। किनकि यो भनेको बजारमा बिक्री दबाब कम हुँदै गएको भन्ने हो। (हेर्नुहोस् मुख्य तस्बिरमा)
इचिमोकुका आधारमा
इचिमोकुका आधारमा हालको बजार नियाल्दा मूल्यरेखाहरु क्लाउड पोजिसनभन्दा तल–तल चलेका छन्। क्लाउडको पोजिसन पनि हरियोबाट रातो बनेको छ। २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि मूल्यरेखा सँगसँगै चलेको छ। यसले बजार साइडवेजमा चलेको बुझिन्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
बोलिंगर ब्यान्डका आधारमा बजारलाई नियाल्दा मूल्यरेखाहरु तल्लो ब्यान्डमा चलेका छन्। यसले बजारमा बिक्री दबाब रहेको देखिन्छ। अपर ब्यान्ड र लोवर ब्यान्डको दूरी केही बढेको देखिन्छ। बजारलाई बोलिंगर र क्यान्डल स्टिकका आधारमा हेर्दा यदि आगामी कारोबारमा बजार १९०० भन्दा माथि टिकेमा अप ट्रेन्ड चलेको मान्न सकिन्छ।
म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। आरएसआईका आधारमा हेर्दा पनि हाल बजार न्यून विन्दुमा चलेको र केही समय अझै साइडवेजमा चल्न सक्ने देखिन्छ। तर, आरएसआईमा ‘डब्ल्यू’ आकार बन्दै गरेको देखिन्छ। यसले बजार विस्तारै सम्हालिन खोजेको पनि देखिन्छ।
पिभटका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः १८६५
घटेमा सपोर्ट
निष्कर्ष
यो साता नेप्सेको चार्टमा अघिल्लो साता बनेको रातो मारुबुजु क्यान्डलपछि ड्रागन फ्लाई डोजी स्टार प्रकृतिको क्यान्डल बनेको छ। यसले सम्भावित अप ट्रेन्डको संकेत गर्छ। इचिमोकुमार्फत हेर्दा बजार साइडवेजमा चलेको देखिन्छ। आरएसआईमा डब्ल्यू आकार बन्दै गरेको देखिन्छ। तर, बनिसकेको अवस्था भने होइन। पिभटमार्फत हेर्दा भने बजारले एक्ज्याक्ट विन्दु १८६५ मा प्रतिरोध सामना गरेको देखिन्छ। यो विन्दुबाट माथि लागेमा बजारले अप ट्रेन्ड लिन सक्ने देखिन्छ। अझै परिपक्क बजारका लागि १९०० माथि भोलुमसहित कारोबार भएमा हुनेछ। यो साता सामान्य सुधार भएको बजारले आगामी साता चाडपर्व पनि सकिँदै गएकोले लय लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
22 minutes ago
28 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago