काठमाण्डौ । यो साता विश्वका धनीहरुको सूचीमा शीर्ष ३ मा परेका भारतीय व्यापारी गौतम अडानीको सम्पत्ति लगातार बढिरहेको छ।
बजारमा सूचीकृत कम्पनीहरुको सेयरमा आएको उछालका कारण पछिल्लो एक दिनमा अडानीको सम्पत्ति ५.२९ बिलियन डलरले बढेको छ। योसँगै अब गौतम अडानी र विश्वका दोस्रो धनीव्यक्ति जेफ बेजोसबीचको दूरी कम भएको छ।
यदि अडानीको सम्पत्ति यही हिसाबले बढ्दै भने केही दिनमै बेजोसलाई पछि पार्दै उनी विश्वको दोस्रो धनी व्यक्ति बन्न सक्छन्।
गत अक्टोबर ३१ मा बजार बन्द भएपछि अडानीको कुल सम्पत्ति ५.२९ बिलियन डलरले बढेर १४३ बिलियन डलर पुगेको ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सको तथ्यांकले देखाएको छ। दोस्रो स्थानमा रहेको बेजोसको कुल सम्पत्ति हाल १५२ बिलियन डलर छ।
यो अवधिमा बेजोसको कुल सम्पत्ति १ बिलियन डलरले घटेको छ। यस हिसाबले अहिले यी दुईबीच ९ बिलियन डलरमात्रै अन्तर छ। एक दिनअघि अडानी र बेजोसको नेटवर्थमा १६ बिलियन डलरको अन्तर थियो।
अडानीले गत साता लुइस भिटनका सीईओ र अध्यक्ष बर्नार्ड अर्नाल्टलाई पछाडि पारेका थिए। यसरी अडानी भारतको मात्रै नभएर एसियाकै पहिलो व्यक्ति हुन्, शीर्ष ३ धनाढ्यको सूचीमा पर्न सफल भएका छन्। –एजेन्सी
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago