काठमाण्डौ । सन् २०२३ को सुरुआतदेखि नै खराब अवस्थाबाट गुज्रिरहेको अडानी समूहको सेयरले फेरि गति लिन थालेको छ। 

यसैबीच गौतम अडानीको कम्पनी अडानी ग्रीनको सेयरले खराब समयमा पनि आफ्ना लगानीकर्तालाई खुसी पार्ने काम गरेको छ। वास्तवमा कम्पनीको सेयरमूल्यमा आएको उछालका कारण लगानी गर्ने लगानीकर्ताको पैसा १५ दिनमा दोब्बर भएको छ। 

हिजो मंगलबार अडानी ग्रीनको सेयरमा अपर सर्किट लागेको थियो। आज पनि अपर सर्किट लाग्ने क्रममा हिन्डनबर्ग प्रतिवेदनको असरबाट विस्तारै बाहिर निस्किरहेका गौतम अडानीका कम्पनीहरुले पनि घाटा पूर्ति गरिरहेका छन्। हिन्डनवर्गको प्रतिवेदन प्रकाशित भएपछि बजारमा सूचीबद्ध अडानी समूहको १० कम्पनीको सेयरमा सुनामी आएको थियो।

यसैबीच अडानी ग्रीनको स्टकले लगानीकर्ताको मुहारमा खुसी ल्याउन सफल भएको छ। यसमा अडानी ग्रीनको सेयर ८५ प्रतिशतले घटेको छ। अब पछिल्लो १५ दिनमा यो सेयर १ लाख रुपैयाँबाट बढेर २ लाख रुपैयाँ पुगेको छ। –एजेन्सी