काठमाण्डौ । के तपाइँ जागिरको खोजीमा हुनुहुन्छ ? अनि के तपाइँ फिटनेस प्रेमी पनि हुनुहुन्छ ? त्यसो हो भने अब तपाइँको लागि खुसीको खबर छ। अब तपाइँले कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउनु सक्नुहुनेछ। त्यस्तै कुमारी जबका कर्मचारीहरु पनि यो सम्झौताबाट लाभान्वित हुनेछन्।
यस सम्झौताका बारेमा कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारीले भने, ‘व्यायामले हाम्रो तनाव कम गर्न तथा हाम्रो कार्यक्षमता र उत्पादकत्व बढाउन मद्दत गर्छ। कर्मचारीहरुको शारीरिक स्वास्थ्य अवस्था र उनीहरुको कामप्रतिको लगाव एकआपसमा प्रत्यक्ष रुपमा सम्बन्धित छन्। हाम्रो संस्था अथवा वेबसाइटमार्फत आउनुहुने उम्मेदवार एवं हाम्रा कर्मचारीको स्वास्थ्यका लागि यो सम्झौता गर्न पाउँंदा मलाई अत्यन्तै खुसी लागेको छ।’
काठमाण्डौको तीनकुने सुविधानगरस्थित उक्त अल्टिमेट लिफ्टिङ क्लबको सेवासुविधाहरुबाट लाभ लिनका लागि इच्छुकहरुले www.kumarijob.com अथवा तीनकुनेस्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीका लागि दर्ता गर्न सक्नेछन्। यसरी वेबसाइटमा अथवा कार्यलयमै गएर दर्ता गरेबापत कुनै शुल्क लाग्ने छैन। कुमारी जबले निःशुल्क रुपमा योग्यताअनुसारको रोजगारी प्रदान गर्दै आइरहेको छ र यसबाट रोजगारीका लागि दर्ता गर्दा आवेदन दिँदा एवं रोजगारी पाइसकेपछि पनि कुनै शुल्क लाग्ने छैन।
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago