काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
पार्टी केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो। सरकारलाई दिएको समर्थन भने कायमै राख्ने रास्वपाले निर्णय गरेको छ।
अहिलेको सरकारमा रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन्। यी मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाउने पार्टी स्रोत बताउँछ।
यसअघि रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए। तर, नागरिकता मुद्दामा गत माघ १३ मा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि लामिछाने पदमुक्त भएका थिए।
नेपाली नागरिकता लिएपछि उनी उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका थिए। तर, प्रधानमन्त्री दाहाल गृह मन्त्रालय दिन तयार नभएपछि रास्वपाले सरकार नै छाड्ने निर्णय गरेको हो।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago