काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि घाटामा गएको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २ करोड ४६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो। गत वर्षको यही अवधिमा पनि कम्पनीले ६ करोड ४० लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीलाई २ करोड ७ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। गत वर्ष पनि सञ्चालन घाटा ३ करोड २३ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ २२ करोड ६४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष रिटेन्ड अर्निङ १९ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
चुक्तापुँजी ६ अर्ब १५ करोड रुपैयाँ बढी रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी(ईपीएस) ५३ पैसाले ऋणात्मक रहेको छ। गत वर्ष पनि यही अवधिमा कम्पनी ईपीएस १.३९ रुपैयाँले ऋणात्मक रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ९६.३२ रुपैयाँ रहेको छ।
धितोपत्र दोस्रो बजारमा पनि यो कम्पनीको हिजो मंगलबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४९० रुपैयाँ रहेको छ।
रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा निर्माणाधीन यो आयोजना १११ मेगावाट क्षमताको हो। हाल यो आयोजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago