काठमाण्डौ । शंकर गु्रप अन्तर्गतको भगिनी कम्पनी, जगदम्बा स्टील्सले नेपाली बजारमा ग्यारेण्टिड डक्टिलिटीसहितको एफई ५००डी ग्रेडमा राईनो स्टील्स फलामे डन्डीको उत्पादन थालेको छ । 

उक्त एफई ५००डी ग्रेडमा राईनो स्टील्स फलामे डन्डीको उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न कम्पनीले स्वयम्भु स्थित ठूलो भर्याङ्गमा ईञ्जिनियरहरुका लागि टेक्निकल मिटको आयोजना गरको हो ।

कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा जगदम्बा स्टील्स प्रालिका प्रमुख कार्यकारी अधिकृत ईञ्जिनियर आनन्द नेपालले राईनो ५००डी नेपालमा भएको अहिलेका अन्य फलामे डण्डीभन्दा भिन्न र एक स्तरमाथिको गुणस्तरीय फलामे छड पहिलो पटक नेपालमा ल्याइएको जानकारी दिए । उनले उत्पादन प्रक्रिया, भौतिक तथा रासायनिक गुणको समिश्रणलगायत कारणले यो छड बजारमा उपलब्ध अन्य उपलब्ध छडभन्दा विशेष र पृथक रहेको बताए । 

ग्रेड एफई ५००डीमा कम्पनीले सल्फर र फसफोरसको समिश्रणको अधिकतम् ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको छ । यसले गर्दा छड अत्यधिक मजबुत हुनुका साथै बजारमा पाइने डन्डी (एफई ५०० ग्रेड) भन्दा ३३ प्रतिशत बढी लचक हुने उनले बताए । कम्पनीका अनुसार उच्च डक्टिलिटी, लचकता र शक्ति सहितको राइनो ५००डी उच्च भुकम्पीय जोखिम भएको हाम्रो जस्तो देशका लागि अति उपयुक्त छ ।