काठमाण्डौ । भारतीय सेयर बजारका दिग्गज लगानीकर्ता राकेश झुनझुनवालाको गत आइतबार निधन भएको छ। उनी ६२ वर्षका थिए। 

सेयर बजारलाई जनतासम्म पुर्याउन झुनझुनवालाले महत्वपूर्ण भूमिका खेलेका थिए। खुद्रा लगानीकर्ताले सधैँ आफ्नो पोर्टफोलियोमा नजर राखेका छन्। उनले भारतका धेरै ठूला कम्पनीमा लगानी गरेका छन्।

भारतको एमके भेन्चर्सका मधु केलाले राकेश झुनझुनवालाको जीवनबाट नयाँ बजार लगानीकर्ताले धेरै कुरा सिक्नुपर्ने बताउँछन्।

झुनझुनवालाको सबैभन्दा महत्वपूर्ण टिप्स भनेको विश्वास रहेको मधु केलाले बताए। ‘विश्वास छ भने लामो समयसम्म सेयर बजारमा रहन सकिने झुनझुनवालाले बताउँदै आएका थिए’, उनले भने, ‘उनी भन्थे कि तपाइँको धैर्यताको परीक्षा हुन सक्छ तर तपाइँको विश्वासको सम्मान गरिनेछ।’

झुनझुनवालाले लगानी गर्नुअघि २० पटक र बेच्नुअघि ५० पटक सोच्न सल्लाह दिने गर्थे। उनी भन्थे, ‘टेबलमा धेरै प्रकारका खाना हुन सक्छन् तर पचाउन सक्ने खाना खानुपर्छ।’

झुनझुनवालाले सन् १९८५ मा ५ हजार रुपैयाँबाट लगानी सुरु गरेका थिए। –एजेन्सी