काठमाण्डौ । राजनीतिक संगठनमा संलग्न रहेको कुरा उठेपछि राजीनामाको दबाबमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अन्तिम समयमा पूर्वनिर्धारित मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा सहभागी नहुने भएका छन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आज काठमाण्डौमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम अहिले पनि जारी रहेको छ।
यो कार्यक्रममा गभर्नर अधिकारीलाई प्रमुख अतिथिका रुपमा डाकिएको थियो। उनले पनि कार्यक्रम सहभागी हुन समय दिइसकेका थिए। तर, अधिकारीको नाम प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्य रहेको कुरा बाहिर आएपछि उनको राजीनामा माग उठिरहेको छ।
चर्को आलोचना र राजीनामा दबाबका कारण अधिकारी पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन नसकेको स्रोत बताउँछ।
आयोजकले भने प्राविधिक कारणले गभर्नर अधिकारी कार्यक्रममा सहभागी हुन नसकेको जनाएको छ।
गभर्न अधिकारी सहभागी नभएपछि डेपुटी गभर्नर बमबहादर मिश्र कार्यक्रममा सहभागी हुन आएका छन्।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago