काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र जनअपेक्षाअनुरुपको विकास र समृद्धि हासिल गर्न सम्भव भएको बताएका छन्।
चन्द्रागिरि उद्योग वाणिज्य संघद्वारा सोमबार आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाइ तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरे। ‘स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र समृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको छ। त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरुलाई आह्वानसमेत गर्दछु’, उनले भने।
ढकालले स्थानीय निकायका जनप्रतिनिधिहरुले विकास र लगानीका लागि एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताए। उनले स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्थानीयतहमा धेरैभन्दा धेरै उद्योग व्यवसायहरु सञ्चालन गर्ने, लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्ने विषयमा आपसमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए।
यसरी प्रतिस्पर्धा गर्दा स्थानीय निकायहरुले स्थानीयवासीलाई रोजगारी सिर्जना गर्ने, भौतिक पूर्वाधार निर्माण हुने र साथसाथै राजश्व पनि संकलन हुने ढकालको विश्वास छ।
ढकालले चन्द्रागिरि हिल्सले चन्द्रागिरिका स्थानीयहरुलाई रोजगारी दिएको, स्थानीय उत्पादनको प्रवर्द्धन गरेको र अन्य सामाजिक क्षेत्रमा सहयोग पुर्याएको पनि बताए।
16 minutes ago
28 minutes ago
55 minutes ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago