काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २४.७८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट आम्दानी पनि घटेर १० करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष विद्युती बिक्रीबाट कम्पनीले ११ करोड ४७ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो।
कम्पनीले यो अवधिमा ६ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। यस्तो मुनाफा गत वर्ष यही अवधिमा ८ करोड ४ लाख रुपैयाँ थियो।
चुक्तापुँजी ६४ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ११ करोड ७५ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा अन्य इक्विटीमा २४ करोड ५५ लाख रुपैयाँ थियो।
कम्पनीको वार्षिकीकृत ईपीएस ९.७२ रुपैयाँ, पीई रेसियो ५५.८१ गुणा र प्रतिसेयर नेटवर्थ ११८.१९ रुपैयाँ रहेको छ।
यो कम्पनीले हालै विद्युत नियमन आयोगबाट चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद निष्कासनको स्वीकृति पाएको छ।
4 hours ago
4 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago