काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा राधी विद्युत कम्पनी लिमिटेडले ६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले ७ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेर १२ करोड ९७ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट १५ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्तापुँजी ६४ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ९.५१ रुपैयाँ, पीई रेसियो ७८.४७ र प्रतिसेयर नेटवर्थ ११०.९१ रुपैयाँ रहेको छ।