काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज असार १० गते अन्तिम दिन रहेको छ।
यो कम्पनीले गत जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समय आवेदन दिन सकिने व्यवस्था गरिएको धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।
कम्पनीले प्रतिसेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओको आकार कम्पनीको जारीपुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउँछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६ लाख कित्ता सेयरका लागि दरखास्त दिन सक्नेछन्।
यो आईपीओमा आवेदन दिनका लागि ग्लोबल आइएमई बैंकको छिप्रिदह शाखा र मुसिकोट शाखा, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा शाखा र मुसिकोट शाखा, प्रभु बैंकको रुकुमकोट शाखा तथा सिद्धार्थ क्यापिटल र मुक्तिनाथ क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयहरुलाई संकलन केन्द्र तोकिएको छ।
21 minutes ago
30 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago