काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २३ लाख ६६ हजार २४० कित्ता आईपीओ बिक्री खुलाउनेछ। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी ३७ हजार ६२३ कित्ता सेयर पनि समावेश गरिएको छ।
कम्पनीले कुल कित्ताको ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरेको छ भने ३ प्रतिशतले हुन आउने ७० हजार ९८८ कित्ता कर्मचारीका लागि छुट्याएको छ। बाँकी २१ लाख ७६ हजार ९४४० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २१ लाख कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सकिनेछ।
यो आईपीओको निष्कासन बन्द छिटोमा साउन १ गते हुनेछ। यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन पाइनेछ।
आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सहनिष्कासकर्तामा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन्।
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago