काठमाण्डौ । फ्याक्टस् नेपाल नामक संस्थाले गरेको एक्जिट पोलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हार्नसक्ने सम्भावना देखिएको छ । 

झापाको क्षेत्रनम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका अध्यक्ष लिङ्देनले यसपटक कांग्रेसका कृष्णप्रसाद सिटौलासँग झिनो मतान्तरले हार्नसक्ने सम्भावना देखिएको हो । 

एक्जिट पोलको नतिजाअनुसार सो क्षेत्रमा खसेको कुल मतको सिटौलाले ४५ प्रतिशत र लिङ्देनले ४१ प्रतिशत मत मात्र प्राप्त गर्नसक्नेछन् । 

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार प्रकाश पाठकले ६ प्रतिशत हाराहारीमा मत ल्याउने अनुमान गरिएको छ ।