काठमाण्डौ । कुमारी बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । 

बैंक संचालक समितिको मंगलबार बसेको बैठकले कामू सीइओको रुपमा बैंक हाँकिरहेका खनाललाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

तत्कालीन सीइओ अनुजमणि तिम्सिना र डेपुटी सीइओ मनिष तिम्सिना १९ करोड ऋण प्रकरणमा विवादित बनेपछि स्वेच्छिक अवकाश लिएर बैंकबाट विदा भएसँगै तेश्रो बरियतामा रहेका खनालले बैंकको कमान सम्हालेका थिए । 

खनाललाई माघ २४ गतेदेखि लागू हुने गरी बैंकको कामू सीइओको जिम्मेवारी दिइएको थियो । 

संचालक समितिका एक सदस्यकाअनुसार अब खनालले बुधबारदेखि नै सीइओको कार्यभार सम्हाल्नेछन् ।