google photo
काठमाण्डौ । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल हुने भएका छन् ।
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार सभापति शेरबहादुर देउवाले पौडेलको नाम बैठकमा प्रस्ताव गरेका थिए । बैठकले सोही प्रस्तावलाई अनुमोदन गरेको थियो । योसँगै पौडेलले आज दिउँसो राष्ट्रपतिका लागि उम्मेद्वारी दर्ता गराउनेछन् ।
कांग्रेसबाट कृष्ण सिटौला समेत राष्ट्रपतिको उम्मेदवारको रुपमा आउनसक्ने चर्चा गरिएको थियो । तर, देउवाले पहिला नै वचन दिएका कारण पौडेलको नाममा निरन्तर दवाब सिर्जना गर्दै आएका थिए ।
हिजो साँझ आठ दलको बैठकले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेको थियो । सोहीअनुसार कांग्रेसले राष्ट्रपतिको उम्मेदवारको नाम टुंग्याएको हो ।
9 hours ago
19 hours ago
19 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago