काठमाण्डौ । रामेछापमा पहिलोपटक जुनार खेतीको बीमा गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ रामेछाप जुनार जोनमार्फत बिहीबार जुनार बीमा गरिएको हो। परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमार्फत रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ जना कृषकको ६०० बोट जुनारको बीमा गरी किसानको बगैँचामा पुगेर बीमालेख हस्तान्त्रण गरेको हो।
बीमा गर्नुअघि जुनारको पीसीआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए। उनले जुनार बगैँचामा रोग लाग्न नदिन टोली बनाएर विषादी छर्ने व्यवस्था भएको बताए।
बीमामार्फत आगलागी, चट्याङ, भुकम्प, अधिक वर्षा, बाढी, पहिरो, खडेरी, आँधी बेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक बाह्य दुर्घटना र रोगबाट हुने नोक्सानीको जोखिम बहन गरिने आइएमर्इ जनरल इन्स्योरेन्स रामेछापका प्रमुख विपिन भट्टराईले जानकारी दिए। उनले नोक्सानी भएमा अधिकतम बीमा रकमको सीमामा रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने बताए।
11 minutes ago
33 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago