काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सको अवसरमा सोमबार रक्तादान कार्यक्रम आयोजना गरिएको छ।

बैंकको केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुरु गरिएको थियो। 

कार्यक्रममा १७१ जनाले रक्तदान गरेका छन्।