काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदीमा रहेको अन्नपूर्ण केबलकार चढी सोमबार साँझ सराङकोटसम्म यात्रा गरेकी छन्। 

पोखरा भ्रमणमा आएकी राष्ट्रपछि भण्डारीले आज साँझ केबलकारबाट सराङकोट पुगेर पुनः केबलकारबाटै सेदी फर्किएकी छन्। 

पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रुपमा थपिएको केबलकार गत वर्ष चैत १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो । सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृंखला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार सञ्चालन भएको हो।

केबलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काई साइक्लिङ र स्विङ सञ्चालनमा छन्।