काठमाण्डौ । अमेरिका र चिनियाँ राष्ट्रपति बीच अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता भएको छ ।
एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङ बीच भेटवार्ता भएको हो ।
अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ती दुई देशबीचको तिक्ततापूर्ण सम्बन्ध सुधार्न यो वार्ता फलदायी हुने अपेक्षा गरिएको छ।
भेटवार्तापछि आयोजित पत्रकार भेटघाटमाराष्ट्रपति बाइडेनले अमेरिका र चीन बढ्दो तनाव कम गर्ने प्रयासमा सैन्य संचार पुन: सुरु गर्न सहमती गरेको बताए । उनले भने, ‘हामी प्रत्यक्ष, खुला, स्पष्ट सञ्चारमा फर्केका छौं ।’
समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले अमेरिकासँग द्विपक्षीय सम्बन्ध सुमधुर बनाउनका लागि अधिक सञ्चार, अधिक सम्वाद र अधिक परामर्शमा जोड दिएका छन् ।
तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका र चीन बीच व्यापार युद्ध सुरु भएको थियो । व्यापार युद्धले दुवै देशमा भएका आपसी लगानीलाई असर पारेको छ । अहिले दुई देश बीच आर्थिक र सुरक्षा विषयमा निकै विवाद छ।
रसिया-युक्रेन र हमास इजरायल युद्ध जारी रहँदा सीको अमेरिका यात्रालाई महत्वका साथ हेरिएको छ। यससँगै दुई देश बीच बढ्दो असम्झदारी बीच सीको बाइडेनसँगको छलफल महत्वपूर्ण हुने अनुमान छ।
दुई राष्ट्रपति बीचको भेटमा विश्वमा जारी युद्धसँगै ताइवान मामिलामा समेत चर्चा हुने अधिकारीहरुले बताएका छन् ।दुई नेताबीच व्यापारिक अवस्थाबारे पनि चर्चा हुनेछ। चिनियाँ उपराष्ट्रपति हान झेङले सिंगापुरमा ब्लुमबर्गले आयोनजा गरेको न्यू इकोनोमी फोरममा बोल्दै चीन अमेरिकासँग सम्बन्ध सुधार गर्न तयार रहेको यसअघि नै बताइसकेका छन् ।
अमेरिकाले संवेदनशील प्रविधि र रणनीतिक कच्चा पदार्थमा चीनको पहुँचलाई प्रतिबन्ध लगाउने नीतिलाई तीव्र र व्यापक रूपमा अघि सारेको छ ।-एजेन्सी
20 minutes ago
26 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago