काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमीटेडले एकैपटक ६६१ जना कर्मचारी मागेको छ । 

बैंकले सहायक स्तरको तह ४ का लागि ३०९ जना र सहायक स्तर तह ५ तथा अधिकृत स्तरका लागि ३५२ कर्मचारी मागेको हो । 

सहायक स्तर तह ४ का लागि दश जोड दुई सो सरहको अध्ययन पूरा गरेकाले आवेदन दिन सक्नेछन् । यो पद फ्रेस जनशक्तिका लागि तयार गरिएको हो । 

विभिन्न प्रदेश अन्तर्गतका कार्यालयमा प्रशासन र नगद विभागमा काम गर्ने गरी बैंकले कर्मचारी मागेको हो । 

सबैभन्दा बढी प्रदेश १ र अन्तर्गतका कार्यालयका लागि ५१ जना कर्मचारी मागिएको छ । 

अठार वर्ष पूरा भई ३५ वर्ष ननाघेकोले बैशाख १२ गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् । 

महिला कर्मचारीका लागि ६ महिना र पुरुष कर्मचारीका लागि १ वर्षको परीक्षणकाल हुने बताइएको छ । 

अनलाइन दरखास्त चैत २२ गतेदेखि नै खुलिसकेको बताइएको छ । सहायक स्तर तह ४ का लागि दरखास्त दिन चाहनेका लागि आवश्यक अन्य सूचना बैंकको यो विज्ञापनबाट लिन सक्नुहुन्छ:

यसैगरी, बैंकले २ जना वरिष्ठ प्रबन्धक, ७ जना प्रबन्धक, ११ उपप्रबन्धक, १४२ जना सहायक प्रबन्धक समेत मागेको छ । 

यस्तै, प्रशासन विभागका लागि १०५ जना वरिष्ठ सहायक, कानून डिपार्टमेन्टका लागि १० वरिष्ठ सहायक र नगद विभागका लागि ३२ वरिष्ठ सहायक पदमा जागिरको अवसर खुलाइएको छ । 

सूचना प्रविधि विभागमा काम गर्ने गरी ४३ वरिष्ठ सहायक पदमा समेत कार्मचारी मागिएको छ । 

वरिष्ठ प्रबन्धक पदका लागि व्यवस्थापन, वाणिज्यशास्त्र, अर्थशास्त्र, जनप्रशासन लिई प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको अधिकृत तहमा कम्तीमा ८ वर्षको अनुभव हुनुपर्नेछ । 

प्रबन्धक पदका लागि माथि उल्लिखित विषयमा प्रथम श्रेणीमा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा ६ वर्षको अनुभव र उपप्रबन्धकका लागि ५ वर्षको अनुभव हुनुपर्नेछ । 

सहायक प्रबन्धक पदका लागि भने कामको अनुभव तोकिएको छैन । यो पदमा माथि उल्लिखित विषयमा स्नातकोत्तर मात्रै गरेकोले पनि आवेदन गर्न सक्नेछन् ।

वरिष्ठ सहायक पदका लागि माथि उल्लेखित विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ । 

सूचना प्रविधि र कानूनतर्फका वरिष्ठ सहायक पदमा सम्बन्धित विषयमा स्नातक उत्तीर्णले आवेदन दिन सक्नेछन् ।

यी सबै पदका लागि बैशाख १२ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । अनलाइन दरखास्त चैत २२ गतेदेखि नै खुलिसकेको छ । 

अन्य जानकारीका लागि यो विज्ञापन हेर्नुहोस्: