काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले यही माघ २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बैंकको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे भर्चुअल माध्यमबाट हुनेछ।
सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको लाभांश अनुमोदन हुनेछ। बैंक गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको २ प्रतिशतले हुन आउने बोनस सेयर २.५ प्रतिशत हुन आउने नगद लाभांश गरी कुल ४.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
सभाले सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत हुने वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
15 hours ago