काठमाण्डौ । राष्ट्रिय अनुसन्धान विभागले १०४ जना कर्मचारी माग गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको यो विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको छ। विभागले अनुसन्धान अधिकृत २१ जना माग गरेको छ भने अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जनाका लागि दरखास्त आह्वान गरेको छ।
अनुसन्धान अधिकृत हुन कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ।
अनुसन्धान सहायक हुन कम्तीमा प्लस टु वा सोसरह उत्तीर्ण गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ।
यसैगरी सहायक सूचक पदका लागि भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ। उमेर भने १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ।
इच्छुक उम्मेदवारले आफूले चाहेको पदका लागि अनलाइन प्रणालीबाट आवेदन दिनुपर्ने छ। यसका लागि विभागको वेबसाइटमा गएर आवेदन दिन सकिनेछ।
आवेदन दिने अन्तिम मिति वैशाख १२ गते तोकिएको छ। दोब्बर दस्तुर तिरी वैशाख १९ गतेसम्म आवेदन दिन सकिनेछ।
आवेदन दिन यहाँ क्लिक गर्नुहोस्।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago