काठमाण्डौ । वोमी लघुवित्त र सूर्योदय लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ।

नेपाल राष्ट्र बैंकले गत फागुन ५ गते पत्र पठाउँदै यी दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। 

यी दुवै लघुवित्तले आपसमा मर्जरमा जाने सम्बन्धमा गत भदौ १५ गते सम्झौता गरेका थिए। दुवैको मर्जरपछि एकीकृत संस्थाको नाम सूर्यादय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड हुनेछ।